बाढीपहिरो घटनामा धनजनको क्षतीप्रति दुःख व्यक्त

काठमाडौं । नजिकिदै गरेको नेपालीको महान चाडपर्वको समयमा अबिरल वर्षाका कारण मुलुकमा भएको ठूलो धनजनको क्षतीप्रति नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले दुःख व्यक्त गरेको छ ।

संघले आज एक विज्ञप्ती निकालेर यस अप्रत्यासित प्राकृतिक प्रकोपले नेपाली निजी क्षेत्रको व्यापार व्यवसायमा समेत गम्भीर आर्थिक क्षति पुगेकाले यस घटनाप्रति गहिरो दुःख गरेको हो । बाढीपहिरोमा परेर ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै क्षति व्यहोरिरहेका व्यवसायीलाई आवश्यक राहत प्रदान गर्न सरकारसँग संघले आग्रह गरेको छ ।

jutta mela

चाडपर्वपूर्व प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्थापना कार्यमा छिटो कदम चाल्नुपर्ने आवश्यकता रहेकोले सम्बन्धित निकायको सक्रियता बढाउन संघको अनुरोध छ । उपत्यकाका सबैजसो तल्लोभाग र काठमाडौंको दक्षिण भेगमा रिङ्गरोड पारी सबैजसो व्यापारीको गोदाम घर हुनु र चाडपर्वका लागी आयातित वस्तुमा थुप्रै क्षति पुगेका छन् । साथै साना–साना व्यापारी र तरकारी बजारमा समेत क्षति पुगेको छ । सबै व्यवसायीले आफ्नो क्षतिबारे प्रतिनिधिमूलक संस्थामा जानकारी संघले आग्रह गरेको छ ।

सङ्कटमा परेका नागरिक तथा व्यवसायीको सहयोगार्थ सरकार, बैंक, बिमा साथै सम्पुर्ण निकायबाट उचित अनुदान सहयोग र राहत साथै अन्य आवश्यक सहायता शीघ्रता साथ उपलब्ध गराउनुपर्ने, पीडित समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै सरकार र सम्बन्धित निकायसंग आवश्यक सहयोग गर्न प्रतिबद्धत रहेको संघको विज्ञप्तीमा जनाइएको छ ।

You might also like

Comments are closed.