बाढीपहिरोले पुर्याएको धनजनको क्षतिप्रति संघद्वारा दुःख व्यक्त

पोखरा । पछिल्ला केही दिनयता लगातारको बर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ठूलो धनजनको क्षतिप्रति होटल संघ पोखराले गहिरो दुःख प्रकट गरेको छ ।

राजधानी उपत्यका लगायत देशका विभिन्न ठाउँमा आइपरेको यसप्रकारको विपदमा परी ज्यान गुमाएकाहरुप्रति संघले हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका आफन्त, घाइते र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

jutta mela

‘विपदमा परी घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न र बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यलाई तीव्रता प्रदान गर्न समेत सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छौं । मृतकका परिवार र विपदका पीडितहरुलाई उचित राहात र आबश्यक परे आवासको समेत व्यवस्था गर्न होटल संघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।,’ संघका अध्यक्ष लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मौसम विभागले जारी गर्ने बर्षा र बाढीको पूर्वअनुमानलाई ख्याल गर्दै सजग रहन र विपदको यस घडिमा आपसी सद्भाव र सहकार्य गरेर अगाडि बढ्न समेत आम नागरिकप्रति संघले अपिल गरेको छ । यसका साथै बन्द भएका राजमार्ग तथा सडक मार्गहरु छिटोभन्दा छिटो खुलाई आवागमनलाई पूर्ववत् बनाउन र भत्किएका पुल तथा संरचनाको पुनः निर्माणतर्फ ध्यान दिन समेत सरकार र सम्वन्धित निकायसँग आग्रह गरिएको छ ।

बाढी र पहिरोका कारण थुप्रै सडक मार्गहरु समेत अबरुद्ध भएको यस्तो अवस्थामा हवाई सेवाको थप महत्व बढेर जान्छ नै । अतः यो दुःखद र विपदको घडिमा यात्रुहरुका लागि सकेसम्म सहुलियत दरमा टिकट उपलब्ध गराउन समेत वायुसेवा कम्पनीहरुलाई संघले अनुरोध गरेको छ । यसैगरी बाढी, पहिरो लगायतका विपतको सामना गर्नका लागि आबश्यक संयन्त्र, पूर्व तयारी र चुष्त सूचना प्रणालीको व्यवस्था गर्न तिनै तहका सरकारसँग विज्ञप्तिमा ध्यानाकर्षण गराइएको छ ।

You might also like

Comments are closed.