सराङकोट बहुउद्देश्यीय सहकारीले मनायो १८ औँ वार्षिक साधारण सभा

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्था पोखराको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा साधारण सभा भएको हो ।

अध्यक्ष थापाले वि.स.२०६३ देखि सञ्चालनमा आएको सहकारीले सामुदायिक रेडियो सराङकोट, १०४.६ मेगार्हजको प्रसारणसंगै शेयर सदस्यको आर्थिक सहभागिताको लागी बचत ऋणको कारोबारमार्फत २ अर्ब २२ करोड, कुल कारोबारसहित संस्थाको पुँजी ७ करोड २५ लाख लगानीमा ४३ करोड रहेको जानकारी दिएका छन् । सभाको शुभारम्भ गदै पूर्व अध्यक्ष प्रेमबहादुर जिसीले सहकारीलाई हाम्रो हो भन्ने भावानाको विकाससंगै सबैको साथ सहयोगको लागी आहवान गरेका छन् ।

jutta mela

सभाले अध्यक्ष कृष्णबहादुर थापाले सञ्चालक समितिको प्रतिवेदन, सचिव कुलप्रसाद सुवेदीले संस्थागत एंव प्रस्तावित प्रतिवेदन, कोषाध्यक्ष राममणि पौडेलले आर्थिक र लेखा परिक्षण प्रतिवेदन, लेखा संयोजक शिबबहादुर बाँनियाले लेखा प्रतिवेदन, सहसचिव मायाकुमारी शर्माले कर्जा असुली प्रतिवेदन, व्यवस्थापक सुरेन्द्र थापाले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार सोभियतबहादुर अधिकारी, कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता रोहितराज बास्तोला, अधिवक्ता गोबिन्द पौडेल, प्रेम गिरी, उपाध्यक्ष बसन्तबहादुर बाँनिया, संस्थाका सदस्य तारा थापा, रेडियो सराङकोटका समचार प्रमुख कमल पौडेल अथक लगायत शेयर सदस्यले आ–आफ्नो धारणा राखेका छन् । संस्थामा उत्कृष्ट कारोबार, बचतकर्ता, नियमित वचतकर्ता ज्येष्ठ सदस्यका उत्कृष्टता हासिल गरेका छोराछोरीलाई सम्मान गरिएको छ ।

संस्थाले सहकारी ऐन नियम अनुसार संस्थागत रही सामाजिक उत्तरदायित्वका विविध सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु गदै आएको छ ।

You might also like

Comments are closed.