चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीलाई निर्देशन दिएका छन् ।

पोखराबाट काठमाडौंको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा सञ्चालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् ।

‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने बेला होईन ।’ पोखरासहित गण्डकी प्रदेशको विभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढी पहिरोले क्षति पु¥याउँदा यातायात आउजाउ सहज छैन । पृथ्वीराजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध हुँदा काठमाडौं–पोखरा हवाई यात्रामा चाप बढेको छ ।

jutta mela

यात्रुहरुको गुनासो बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले एअरलाइन्स कम्पनीलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाई गर्न सुझाव दिए । ‘एअरलाइन्स कम्पनी, नागरिक उड्ययन प्राधिकरण, संघीय सरकार मातहतका निकायमा सहजीकरण पनि गरुँला’ मुख्यमन्त्री पाण्डेले भने ‘तपाईहरुले यहाँबाट आफुले सक्ने सहजिकरण गर्नुहोस् ।’

अहिले पोखरा–काठमाडौं भाडा ५ हजार ९ सयसम्म छ । यसअघि ४ हजार ४ सय थियो । सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमवार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्ययन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजिकरण गर्न सुझाव दिए । ‘चाडपर्वको बेला सकेसम्म फ्लाईट थपेर सेवालाई अझै सहज बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ।

आईतवार काठमाडौंबाट पोखराका लागि उडेको जहाज लामो समय होल्ड गरी राती ११ः३० बजे पुनः काठमाडौं फर्किएको थियो । यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन एअरलाईन्सलाई सचेत गराएका थिए । विपद् र चाडपर्वका बेला फ्लाईट थप गर्नुपर्नेमा मर्ज हुने गरेको गुनासो आएको बताउँदै उनले फ्लाईट घटाएर टिकट नबढाउन निर्देशन दिए ।

विपद्को समयमा सेवा दिँदै आएका कम्पनीलाई नागरिक उड्ययन प्राधिकरणको तर्फबाट हुन सक्ने सहुलियतका लागि पनि ध्यान दिइनुपर्ने बताए । एरलाईन्स कम्पनीहरुले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुँने हुँदा यसबारे केन्द्रिय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन् । पोखरामा यति, बुद्ध, श्री एरलाईन्सले सेवा दिँदै आएका छन् ।

You might also like

Comments are closed.