बाढी पीडित कामदारलाई राहत सहयोग

काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटोपार्टस् प्रालिले राहत सामग्री सहयोग गरेको छ ।

हालै मात्र निरन्तरको वर्षाको कारणले उपत्यकाको खोला किनारमा ज्याला मज्दुरी गर्दै आइहेका बाढी पीडित कामदारलाई दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न उपलब्ध गराएको छ ।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधि र सिप्रदी अटोपार्टस् प्रालिका प्रतिनिधिको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानि एक/एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल, अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको छ ।

यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहिन भएका छन् । सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रमा विभिन्न किसिमका अत्यावश्यक वस्तुुहरु राहत स्वरुप वितरण गर्दैै आइरहेको छ ।

You might also like

Comments are closed.