बाढीपहिरो पीडितको सहयोगार्थ राष्ट्रिय वाणिज्य बैंकको रु २ करोड सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि रु २ करोड आर्थिक सहयोग गरेको छ ।

बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार एक कार्यक्रमका बीच २ करोडको चेक रकम हस्तान्तरण गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा २ करोड मंगलवार ट्रान्सफर गरेको छ ।

बाढीपहिरोको कारण ज्यान गुमाउने नागरिकप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा बैंकले समवेदना प्रकट गर्दै बाढीपहिरोकोे कारण घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडा, सहसचिव विनोद कुवँर, बैंक सञ्चालक समिति सदस्यहरु महेश भट्टराई, सुशिल घिमिरे, लक्ष्मण घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली सहभागी थिए ।

साथै प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृत पवन रेग्मी, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी लगायत सहयोग कार्यक्रममा उपस्थिती रहेको थियो ।

You might also like

Comments are closed.