नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौं । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्युन ब्याजदर ७.७० मा नेपाल बैंक लिमिटेड सर्वसुलभ आवास कर्जा ल्याएको छ ।

नेपाल बैंक लिमिटेड सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य बैंकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकी सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी रू. ५ लाखदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने भएको छ ।

jutta mela

यसका अतिरिक्त बैंकले नेपाल बैंक लिमिटेड समृद्ध व्यवसाय कर्जा, नेपाल बैंक लिमिटेड अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ । कर्जा सिमा रू.१० करोडसम्म रहेको नेपाल बैंक लिमिटेड समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ ।

व्यवसायिक ग्राहकले चालुपूँजी तथा स्थिरपूँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् । नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखी बैंकले प्रवाह गर्ने नेपाल बैंक लिमिटेड अटो कर्जाको व्याजदर हाल ७.७८ प्रतिशत रहेको छ ।

हाल नेपालभर २२९ शाखा, ६० एक्स्टेन्सन काउण्टर र २०५ एटिएम काउण्टरबाट बैंकले सेवा सञ्चालन गरिरहेको छ । आफ्नो ऐतिहासिक विरासतलाई कायम राखेर अत्याधुनिक प्रविधिलाई आत्मसात गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं प्रतिबद्ध रहेको छ ।

You might also like

Comments are closed.