ग्लोब्याट अटोमोटिभ ब्याट्री, माइक्रोटेक इन्भर्टर र इन्भर्टर ब्याट्रीमा चाडपर्व अफर

काठमाडौं । त्रिथुंगा ट्रेडिङ प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको ग्लोब्याट अटोमोटिभ ब्याट्री र माइक्रोटेक इन्भर्टर र इन्भर्टर ब्याट्रीका लागि विशेष अफर सार्वजनिक गरेको छ । दसैं तिहार लगायत चाडपर्वलाई लक्षित गरी कम्पनीले अफर ल्याएको हो ।

अफर योजना अन्तर्गत दशैँ र तिहारको अवसरमा ग्राहकले कुनैपनि ब्राण्डको पुरानो ब्याट्री लिएर आउँदा नयाँ ब्याट्रीको खरीदमा एमआरपीमा ५५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सीमित अवधिको यो योजना ग्लोब्याट अटोमोटिभ ब्याट्री र माइक्रोटेक इन्भर्टर र इन्भर्टर ब्याट्री दुवैमा लागु हुने कम्पनीले जनाएको छ ।

यो अफरबाट धेरै ग्राहकलाई प्रिमियम उत्पादनहरूसँग आफ्नो ब्याट्री प्रणालीलाई अद्यावधिक गर्न र रकम बचत गर्ने सुनौलो अवसर प्रदान गर्न योगदान हुने कम्पनीले विश्वास लिएको छ । ‘ब्राण्डहरूको विश्वसनीयता र पर्फमेन्सलाई प्राथमिकतामा राख्दै यो योजनाले तपाईंका सवारी र घरहरू चाडपर्वको मौसम र त्यसपछि पनि निर्बाध रूपमा चलिरहन्छ,’ त्रिथुंगा ट्रेडिङ प्रालिका बिजनेश हेड श्याम पाण्डेले भने ।

jutta mela

दशैँ, तिहार लगायत पर्वको अवसरमा ग्राहक हितलाई मध्यनजर गर्दै अफर सार्वजनिक गरिएको उनले बताए । ‘आफ्ना ग्राहकलाई यस्तो सुनौला योजना ल्याउन पाउँदा निकै उत्साहित छौं,’ उनले भने । उच्च गुणस्तरीय उत्पादनसँगै, ग्राहकलाई प्राथमिकता दिदै कम्पनीले सेवा प्रदान गरिरहेको उनले बताए । ‘यो अफरले उपभोक्ताहरूलाई प्राथमिकता दिनमात्रै होइन, पुरानो ब्याट्रीको पुनप्रयोगमा पनि योगदान पु¥याउँछ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

ग्लोब्याट र माइक्रोटेकका देशभर रहेका डिलरहरु मार्फत यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

 

You might also like

Comments are closed.