सेतीमदीको १४ आँै वार्षिक साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका २३ र २८ बाहेक ३१ वटा वडाहरु, माछापुच्छ्रे गाउँपालिका वडा नम्वर ६ र ७, अन्नपूर्ण गाउँपालिका वडा नम्वर १, २, ३ कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पूँजी ४ करोड १२ लाख ५५ हजार १ सय रहेको कोषाध्यक्ष दुर्गाप्रसाद अधिकारीले जानकारी दिए

jutta mela

कास्की बचत तथा ऋण सहकारी संघका कार्यवाहक अध्यक्ष ईश्वरप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सभामा संस्थापक शेयर सदस्य, जेष्ठ शेयर सदस्य, असल कारोवारकर्ता, विद्यावारिधि गरेका शेयर सदस्य, कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याउने छात्रछात्रासंगै विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेका सहकारीका शेयर सदस्य गरी ३७ जनालाई सम्मान गरिएको सहकारी सञ्चालक समिति सदस्य कविता गुरुङले जानकारी दिइन् ।

सभाले सचिव शिवराज अधिकारी र कोषाध्यक्ष दुर्गाप्रसाद अधिकारीले पेश गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । सहकारीका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव शिवराज अधिकारीले गरेका हुन् ।


कार्यक्रममा बचत संघका पूर्व अध्यक्ष तथा विशाल सहकारीका प्रमुख कार्यकारी अधिकृत सुदिप ढकाल, राष्ट्रिय सहकारी बैंक गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे, जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपकराज बास्तोला लगायतले आफ्ना धारणा राखेका छन् ।

You might also like

Comments are closed.