लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

काठमाडौं । लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गरेको छ । हिल्टन काठमाडौंमा आज आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको हो ।

jutta mela

कार्यक्रममा क्रिकेटर, खेलाडी र पत्रकार र खेलप्रेमी लगायत सहभागी थिए । कोच गौचनले यस क्लबले धेरै सम्भावना बोकेको बताए । खेलाडीसँग मिलेर राम्रोसँग प्रशिक्षण गरेर उद्धेश्यको निम्ती काम गर्ने चाहना रहेको बताएका छन् ।

त्यसैगरी क्लबका चेयरम्यान इश्वर जिसिले शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गर्न पाउँदा खुशी लागेको बताए । क्यानका सेक्रेटरी पारस खड्का गौचनको नियुक्ति लुम्बिनी लायन्स र नेपाल क्रिकेटको लागि ठुलो उपलब्धि रहेको बताउँछन् ।

You might also like

Comments are closed.