सुनगाभा सहकारीको अध्यक्षमा थापा निर्वाचित

पोखरा । सुनगाभा बचत तथा ऋण सहकारी संस्था पोखराको छैठौँ अधिवेशनबाट अध्यक्षमा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको छ ।

संस्थाको उपाध्यक्षमा पार्वती कोइराला, सचिव कृष्णबहादुर थापा, कोषाध्यक्ष राजु थापा चयन भएका छन् । सदस्यमा रमेश थापा(सुमन), सुरेन्द्र थापा, मीना थपलिया, जीवनकुमारी अधिकारी पराजुली र कृष्णबहादुर थापा सर्वसम्मत निर्वाचित भएका हुन् ।

लेखा समितिको संयोजकमा निर्मल पहारी र सदस्यहरु धुव्रबहादुर थापा र सृजना अधिकारी थापा रहेका छन् । निर्वाचन समितिको संयोजकमा पत्रकार गणेश पहारी, सदस्यमा दामोदर पहारी र सिर्जना कुँबर निर्वाचनमण्डलले निर्वाचित सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ ।

jutta mela

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सहकारी संस्थाहरु नियम र कानुन अनुसार सञ्चालन हुनुपर्ने बताए । पूर्ववडाध्यक्ष रणबहादुुरले संस्थाका गतिविधिमा शेयर सदस्यले ध्यान दिनुपर्ने बताएका छन् ।

संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले संस्थाले सदैव शेयर सदस्यको आर्थिक गतिविधिलाई सजिलो बनाउन सहयोग गर्दै आएको जानकारी दिएका छन् । नवनिर्वाचित अध्यक्ष रामबहादुर थापाले शेयर सदस्यको हकहितलाई मध्यनजर गर्दै आगामी कार्ययोजना अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे । सचिव कृष्ण थापाले सहकारीलाइ पोखराकै उत्कृष्ट सहकारी रुपमा अगाडी बढाउने गृहकार्यमा लागि परेको बताउदै, सवैको साथ सहयोग को आवश्यकता रहेको बताए ।

कार्यक्रममा पोखरा–१८ का वडासदस्य रमेशबहादुर थापा, सर्वहित बचत तथा ऋण सहकारीका अध्यक्ष भरत तिमिल्सिना, बङ्लादी बचत तथा ऋण सहकारीका अध्यक्ष तुलसी गौतम, गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारीका अध्यक्ष दीपेन्द्र तिमिल्सिना, भावना सामुदायिक कृषि सहकारीका अध्यक्ष वलराम कोइराला, अम्विका ममता युवा क्लबका अध्यक्ष कृष्णबहादुर थापा, प्रभात आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कोइराला, संस्थाका उपाध्यक्ष पार्वती कोइराला, प्रवन्ध निर्देशक सरिता सिग्देल लगायतले सहकारी संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

साधारणसभाले संस्थाका सचिव कृष्ण थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजु थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

You might also like

Comments are closed.