नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई समाज डेण्टल अस्पतालले छुट दिने

काठमाडौं । समाज डेण्टल अस्पतालले नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई छुट दिने भएको छ ।

बैंकका ग्राहक र कर्मचारीलाई छुट दिने सम्बन्धमा नेपाल बैंक र समाज डेण्टल अस्पताल बीच सम्झौता गरिएको छ । अस्पतालका विभिन्न स्थानमा रहेका क्लिनिकमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने जनाइएको छ ।

jutta mela

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बैंकमा कार्यरत कर्मचारीलाई विल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकलाई १० प्रतिशतले छुट दिइनेछ ।

बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले नयाँ बानेश्वर, बसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, कौशलटार, जावलाखेल, ईमाडोल र बनेपामा रहेका अस्पतालका क्लिनिकले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवा पाउनेछन् ।

You might also like

Comments are closed.