कामना सेवा विकास बैंकका ग्राहक तथा कर्मचारीलाई बुद्ध एयरमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयर प्रा.लि. सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यले बुद्ध एयरको टिकेटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

jutta mela

बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन् । साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको मोबाईल बैंकिङमार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यले ८ प्रतिशतको छुट पाउनेछन् ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सबै व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । सो छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरिप्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.