काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सञ्चालनमा ल्याएको छ ।
यस एम–कार्ड सेवामार्फत बैंकका ग्राहकले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तैः विभिन्न मनपर्ने स्थानहरु, प्राकृतिक, धार्मिक, ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अंकित गरी सम्बन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् ।
साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्नेछन् । एम–कार्ड सेवाले कार्डप्रयोगकर्तालाई फरक अनुभुति जगाउने र नौलोपनको आभास दिलाउनेछ ।
बैंकले हालै यस एम–कार्डलाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएतापनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकको योजना रहेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यस एम–कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।
ग्राहकलाई नविन तथा व्यक्ति अनुकुलित बंैकिङ समाधानहरु प्रदान गर्न प्रतिबद्ध रहेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए । उनी भन्छन्, “एम-कार्ड सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ” ।
माछापुच्छ्रे बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ । ग्राहकको बैकिङ अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले एम–कार्ड सेवामार्फत अर्को एक कदम अघि सारेको छ ।
एम–कार्ड सेवामार्फत कार्डलाई पर्सनलाइज्ड गर्नको लागि https://www.machbank.com/online-services लिंकमा जानुपर्ने हुन्छ र आफ्नो कम्प्यूटर वा मोबाइलबाट आफुलाई मन परेको तस्बीर अपलोड गरी सहज रुपले कार्ड पर्सनलाइज्ड गरी आफुले रोजेको यस बैंकको जुनसुकै शाखामार्फत प्राप्त गर्न सकिनेछ ।
एम–कार्ड सेवाबारे थप जानकारीको लागि बैंकको वेभसाइट https://mcard.machbank.com/ र अथवा बैंकको ग्राहक सेवा केन्द्र ०१५९७०५५५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।








Comments are closed.