सिटिजन्स बैंकका ग्राहकलाई एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक काठमाडौं बीच सम्भmौता भएको छ ।

बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले क्लिनिकमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न, प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.