मुक्तिनाथ विकास बैंक र आइडीई नेपाल बीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र आइडीई नेपाल बीच सम्झौता भएको छ । वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडीई नेपालको तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका हुन् । सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतिलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।

दुवै संस्थाको साझेदारीले वित्तीय सुधार सहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरण लगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.