नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको उर्जा ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकको रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम व्यवसाय सञ्चालित यस बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६ प्रतिशत (२०८८/८९)” नामको कूल ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न एनआइएमबि एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।

 

 

You might also like

Comments are closed.