युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग

काठमाडौं । युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ ।

कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी पहिरो पीडितका लागि सो रकम सहयोग गरेको हो । युनिलिभर नेपालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत पीडितलाई दैनिक सरसफाईका सामग्री उपलब्ध गराएको छ ।

यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक तथा सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार, रविभक्त श्रेष्ठले केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पूनःस्थापना गर्ने प्रयासमा एक्यबद्धता जनाउँदै रु ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।

युनिलिभर नेपालले नागरिकको आवश्यकताको समयमा साथ दिदै समुदायको हित र विकासमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धता जनाएको छ ।

 

You might also like

Comments are closed.