ई–ट्रान्सपोरेसन सर्भिसको सिईओमा लोकराज पोखरेल

काठमाडौं । ई–ट्रान्सपोरेसन सर्भिसको कार्यकारी अधिकृत (सिईओ) को जिम्मेवारी लोकराज पोखरेलले पाएका छन् ।

उनको यस क्षेत्रमा लामो अनुभव र विशेषज्ञता रहेको छ । यातायात क्षेत्रमा राम्रो अनुभव लिएका पोखरेलले कम्पनीलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।

पोखरेलले ई–ट्रान्सपोरेसन सर्भिसको विकास, रणनीतिक नेतृत्व, र नवीनतामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

संस्थाको नियमअनुसार रचनात्मक कार्यमा सक्रियतापूर्वक कार्य गर्ने पोखरेलले प्रतिवद्धता जनाएका छन् ।

You might also like

Comments are closed.