नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर २ हजार ६२७ दशमलव १४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ९९ अङ्कले ओरालो लागेर ४७४ दशमलव २६ मा सिमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर रु ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १५७ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल एसबिआई बैंक ९ दशमलव ७५, पिपल्स पावर ७ दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड ७ दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी ६ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले ६ दशमलव ०१ प्रतिशतले कमाएका छन् ।

रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो ५ दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक ४ दशमलव ९०, गुडविल फाइनान्स ४ दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतले गुमाएका छन् ।

You might also like

Comments are closed.