नेपाली युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड्स ४.२ का लागि आवेदन खुल्यो

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड्स शुभारम्भको घोषणा गरेको छ ।

चौथो संस्करणको रुपमा नेपाली युवा उद्यमी मञ्चले स्टार्टअप अवार्ड्स ४.३ को शुभारम्भको घोषणा गरेको हो । यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको हो ।

स्टार्टअप अवार्ड्स ४.० उद्यमीलाई आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेतासँग नेटवर्क बनाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मार्गदर्शन प्रदान गर्ने एक अद्वितीय प्लेटफर्म हो । विगतका संस्करणमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा, र डेलिश डेरी जस्ता स्टार्टअपले उल्लेखनीय सफलता हासिल गरेका छन् ।

यस वर्ष, सहभागी स्टार्टअपले अनुभवी उद्यमी र उद्योगका विज्ञहरूको सघन मार्गदर्शन, नेपालभरिका अन्य उद्यमीहरू, लगानीकर्ता र विशेषज्ञसँग नेटवर्क बनाउने मौका, स्टार्टअपलाई सशक्त र व्यावसायिक उचाइमा पुर्याउन आवश्यक सहयोगको फाइदा लिन सक्नेछन् ।
साथै उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपले क्रमशः रु. ४ लाख, २ लाख र १ लाख नगद पुरस्कार जित्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निर्णायकको सामु व्यवसायिक विचार प्रस्तुत गर्ने मौका पाउने बताइएको छ ।

प्रतियोगिता एक संरचित छनोट प्रक्रियामा आधारित हुनेछ । जसमा प्रारम्भिक चरणमा २० आशाजनक स्टार्टअपको छनोट गरिनेछ । यी स्टार्टअपले सघन मार्गदर्शन, विज्ञको सत्र, र व्यवसाय विकासको सहयोग प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्त्यमा डेमो डे हुनेछ, जहाँ ७ जना फाइनलिस्टले प्रतिष्ठित निर्णायकको सामु आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्नेछन् ।

आवेदनहरू अहिले खुला छन् र २०२४ नोभेम्बर १५ मा बन्द हुनेछ । योग्यताका मापदण्डहरू पूरा गर्ने स्टार्टअपहरूले—जुन ५ वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका छन् । नेपाल सरकारमा दर्ता भएका छन् । www.nyefstartupawards.com मा गएर आवेदन दिन सक्नेछन् ।

यो अवार्डले उद्यमशीलतालाई प्रोत्साहन गर्दै नेपालमा नयाँ स्टार्टअपको विकास र वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । मार्गदर्शन, नेटवर्किङ, र सम्भावित लगानी अवसरको माध्यमबाट आफ्नो स्टार्टअप यात्रा सफल बनाउन यो अनौठो अवसर रहेको छ ।

 

You might also like

Comments are closed.