फोनपोइन्टस् र ईसेवा बीच साझेदारी

काठमाडौं । फोनपोइन्टस् एक एकृकीत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो । जसद्वारा व्यवसायले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै व्यवसायीक अनुभव प्रदान गर्न सक्छन् ।

प्रयोगकर्ताले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेकोे फोनपोइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आकर्षक अफरहरु अवलोकन गरी तिनको उपभोग गर्ने अवसर फोनपोइन्टस्ले प्रदान गर्दछ । यसका प्रयोगकर्ताले विभिन्न व्यवसायीक पार्टनरसँग संलग्न भएर लौयल्टी प्वाइन्टस् (जसलाई फोनपोइन्टस् पनि भनिन्छ) आर्जन गर्न सक्नेछन् ।

फोनपोइन्टस्ले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरबाट आर्जन गरेको लौयल्टी प्वाइन्टस्लाई एक ठाउँमा एकृकीत गर्दछ । जसले प्रयोगकर्तालाई ती प्वाइन्टहरु प्रयोग गरी आकर्षक अफर, छुट तथा उपहारहरु प्राप्त गर्ने अवसर प्रदान गर्दछ । नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्षका साथ ईसेवाले फोनपोइन्टस्सँग सहकार्य गर्ने निर्णय गरेको छ ।

प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतु नियमीत प्रयोगकर्तालाई दिइने लौयल्टी प्वाइन्टस्लाई एकीकृत गर्ने विकल्प दिइएको छ । एकीकृत गरिएका लौयल्टी प्वाइन्टस् प्रयोग गरी विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियालाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ । फोनपोइन्टस्को सुरुवातसँगै कम्पनीले प्रयोगकर्तालाई लौयल्टी अभियानहरू प्रति अझ बढी आकर्षित गर्न खोजेको छ ।

यसले प्रयोगकर्तालाई आफ्नो सङ्कलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराई थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ । फोनपोइन्टस्का सिईओ सागर पौडेलले प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको बताए ।

यसको सरल प्रक्रियाले प्रयोगकर्तालाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ । यो प्रक्रिया सिधै फोनपोइन्टस् एपबाट पनि गर्न मिल्ने भएका कारणले प्रयोगकर्ताले बीचमा अन्य चरणहरू पार नगरिक नै छिटो सेवा प्राप्त गर्न सक्नेछ । यसले प्लेटफर्ममा प्रयोगकर्ताको रुचि बढाउनुको साथै फोनपोइन्टस्को विस्तार गर्न सहयोग गर्न सक्ने बताइएको छ ।

फोनपोइन्टस् व्यवस्थापन
प्रयोगकर्ताले फोनपोइन्टस् वा पार्टनर एप मार्फत आफुले कमाएको फोन प्वाइन्टस्को विवरण हेर्न, विभिन्न अफर अवोलोकन गदैै फोनपोइन्टस् प्रयोग गरी आफुले चाहेको अफरहरु प्राप्त गर्न सक्नेछन् । जसले प्रयोगकर्ताको अनुभवलाई सरल बनाउँछ ।

इसेवाः
इसेवा नेपालकै पहिलो डिजिटल वालेट हो, जसले अनलाइन भुक्तानी, रकम पठाउने, मोबाइल रिचार्ज, र युटिलिटी बिल भुक्तानी जस्ता सेवा प्रदान गर्दछ । ८६ लाखभन्दा बढी ग्राहक, २ लाख ३८ हजार बढी एजेन्टहरू र ४९ बैंकको विशाल नेटवर्क रहेको इसेवा नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त सुरक्षित डिजिटल वालेट हो ।

फोनपेः
फोनपे नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक हो, जसले अनलाइन र अफलाइन दुवै भुक्तानीका लागि नवीन समाधानहरू प्रदान गर्दछ । क्युआर कोड भुक्तानी, पिटुपि (व्यक्ति व्यक्ति बीच) फण्ड ट्रान्सफर, र अन्य भुक्तानी सेवामार्फत फोनपेले प्रयोगकर्ता र व्यापारीको भुक्तानी अनुभवलाई सहज बनाएको छ ।

You might also like

Comments are closed.