नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्यो पहिलो पटक नेपालमा भिसा वेयरेबल स्टिकरको लोकार्पण

। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर ‘एनआईएमबी पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ ।

अलोफ्ट होटलमा आयोजित कार्यक्रममा ग्राहकले कुनैपनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरिएको छ । यस लोकार्पणले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको छ ।

यस कार्यक्रममा पत्रकार र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका व्यवस्थापन सहभागी थिए । कार्यक्रममा बैंकले ‘एनआईएमबी पेवियर’ कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बताइएको छ । यसले ग्राहकलाई भौतिक कार्डहरू वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प प्रदान गर्छ ।

‘एनआईएमबी पेवियर’ नेपालका लागि गेम–चेन्जर हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका वरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ, उनीहरूलाई अतुलनीय सुविधा र गति प्रदान गर्दै उच्चतम सुरक्षा सुनिश्चित गर्ने बताए ।

नवीनतम भुक्तानी समाधान र थप सुरक्षा
‘एनआईएमबी पेवियर’ ले ग्राहकलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिन्छ । जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउँछ । ग्राहकले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित दैनिक कारोबार गर्न सक्छन्। नेपाल राष्ट्र बैंकका नियमहरूको पालना गर्दै ५ हजार रुपैयाँ भन्दा माथिका सम्पर्करहित भुक्तानीमा अतिरिक्त सुरक्षा उपायको रूपमा पिनको आवश्यकता पर्छ ।

प्रारम्भिक ग्राहकका लागि विशेष प्रचार प्रस्ताव
लोकार्पणको उत्सव मनाउन नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एक विशेष प्रचार प्रस्ताव घोषणा गरेको छ । ३ महिनाभित्र ‘एनआईएमबी पेवियर’ स्टिकरको लागि आवेदन दिने र यसलाई सक्रिय गर्ने ग्राहकले सो अवधिमा १२ वटा पीओएस कारोबार पूरा गरेपछि आफ्नो वेयरेबल शुल्क (एनपीआर १ हजार) फिर्ता पाउनेछन्। यो सीमित समयको प्रस्तावले ग्राहकलाई यो नयाँ भुक्तानी विधिको अनुभव गर्न प्रेरित गर्दछ । साथै शुल्क फिर्ताको अतिरिक्त लाभ पनि प्राप्त गर्छन्।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बजारको अग्रणी स्थानमा पुर्याउने रणनीति
‘एनआईएमबी पेवियर’ को परिचयले बैंकलाई प्रविधि–प्रेमी ग्राहकहरूलाई आकर्षित गर्न र आफ्नो उत्पादन श्रृंखला विस्तार गर्न रणनीतिक कदम प्रस्तुत गर्छ । यो आधुनिक भुक्तानी समाधानलाई अपनाएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफूलाई प्रतिस्पधर्धीलाई फरक बनाउन र नेपालको बैंकिङ क्षेत्रमा उद्योगको अग्रणीको रूपमा आफ्नो स्थिति सुदृढ गर्ने लक्ष्य राखेको छ ।

नेपालको बैंकिङ क्षेत्रको अग्रणी इतिहास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लामो समयदेखि नेपालका बैंकिङ उद्योगमा नवप्रवर्तनको अगुवाई गर्दै आएको छ । सन् २००३ मा बैंकले नेपालमा पहिलो पटक भिसा इलेक्ट्रोन डेबिट कार्ड जारी गरेको थियो । भिसा कन्सोर्टियम र राष्ट्रिय भुक्तानी नेटवर्क (एनपीएन) मार्फत कार्ड सेवालाई प्रवद्र्धन गर्दै आएको छ ।

हाल, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालभर ९ वटा भिसा एसोसिएट सदस्यहरू, १६ लाख कार्डहरू (जसमध्ये ६.५ लाख नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विशेष कार्डहरू हुन्) सहितको विस्तृत नेटवर्क सञ्चालन गर्दै आएको छ । बैंकले २७५ शाखा, २६५ एटीएम र ४ हजार भन्दा बढी पीओएस टर्मिनलहरू सञ्चालन गरिरहेको छ ।

साथै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ६५ वटा विस्तार तथा राजस्व सङ्कलन काउन्टरहरू र ७७ शाखाविहीन बैंकिङ आउटलेटमार्फत सेवाहरू प्रदान गर्दै आएको छ, जसले ग्राहकको पहुँचलाई देशभर फैलाएको छ । भिसा वेयरेबल स्टिकरको परिचयले बैंकिङ क्षेत्रमा नवीनतम प्रविधि ल्याउने नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको परम्परालाई निरन्तरता दिँदै ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउँदैछ ।

You might also like

Comments are closed.