होटल संघ पोखरामा नवनिर्वाचित पदाधिकारी र मनोनित सदस्यलाई पदस्थापन

पोखरा । होटल संघ पोखरा नेपालका नवनिर्वाचित पदाधिकारी र मनोनित सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

पोखराको लेकसाइड स्थित संघको कार्यालयमा सोमबार आयोजित समारोहमा निर्वाचन मण्डलका संयोजक भरतराज पराजुलीले निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । ४ जना मनोनित सदस्यलाई भने नवनिर्वाचित अध्यक्ष लक्ष्मण सुवेदीले सपथ ग्रहण गराएका छन् ।

मनोनित सदस्यमा ट्रेकर्स लजका सरोज अधिकारी, होटल रोमान्टिकाका मोहदत्त भुसाल, होटल सनफ्लावरका शिवप्रसाद अधिकारी र होटल ट्रेकर्स इनका महादेव भण्डारी रहेका छन् । संघको गत विहीबार सम्पन्न २१ औं अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा निर्वाचन समितिका संयोजक एवम् सदस्यहरु, होटल संघ नेपाल, संस्थाका संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष एवम् सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य, अधिवेशनमा प्रयोजन गरी सहयोग गरेका एइजिज सफ्टवेर, एलिट मोटर्स, होम साज ट्रेडिङ र नियोकस कन्सर्नलाई संघका अध्यक्ष सुवेदीले धन्यवाद व्यक्त गरेका छन् ।

 

You might also like

Comments are closed.