काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ ।
बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेछ । नेपालमा फुटबल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।
विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आइरहेको छ ।
Comments are closed.