मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्रतर्फ ‘मेरिट प्रमाणपत्र’ बाट सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्रतर्फ ‘मेरिट प्रमाणपत्र’ बाट सम्मानित भएको छ ।

श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन अवार्डस २०२३, अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फ ‘मेरिट प्रमाणपत्र’ बाट सम्मानित भएको हो । यस पुरस्कारबाट २०२१ र २०२३ गरी दोस्रो पटक सम्मानित भएको बैंकले जनाएको छ ।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार विभिन्न विधामा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनलाई सो कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो ।

विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । सो अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका हुन् ।

वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने यस सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा कर्मचारीलाई थप उर्जा मिल्नेछ ।

बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ मङ्सीरभित्र सार्वजनिक निष्काशनमार्फत इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापकमा मुक्तिनाथ क्यापिटलले रहेको छ ।

 

You might also like

Comments are closed.