काठमाडौं । अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ ।
लगातार उकालो लागेको नेप्से परिसूचक आज भने ११ दशमलव २४ अङ्कले ओरालो लागेर २ हजार ७४८ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ९३ अङ्कले ओरालो लागेर ४८८ दशमलव ७८ मा सीमित भएको छ ।
कारोबार भएकाक १३ उपसमूहमध्ये आज ३ उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर रु ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ मूल्यमा खरिदबिक्री भएको छ ।
नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । वेस्ट फाइनान्स ९ दशमलव ९९, एनएलजी इन्स्योरेन्स कम्पनी ९ दशमलव ९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।
गुडविल फाइनान्स ९ दशमलव ३६,आँखु खोला जलविद्युत् कम्पनी चार दशमलव ९१, माछापुच्छ«े बैङ्क ४ दशमलव ५९,अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी ३ दशमलव ७१ र हिमालय बैङ्कको बन्डका लगानीकर्ताले ३ दशमलव ४८ प्रतिशतले गुमाएका छन् ।
Comments are closed.