गरिमा विकास बैंकले उद्यमीलाई बैंकिङ कारोबारमा सहजीकरण गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन नेपाल विद्युत् उद्यमी महासंघ बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र महासंघको तर्फबाट अध्यक्ष रेशमप्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात नेपाल विद्युत् उद्यमी महासंघले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीलाई गरिमा विकास बैंकमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्नका लागि सहजीकरण गर्नेछ ।

सो संघमा आबद्ध उद्यमीले यस बैंकबाट विकास बैंकले केही समयअघि सार्वजनिक गरेको आर्कषक व्याजदर योजना अन्तर्गत ८.४८ प्रतिशतमा व्यावसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नेछन् ।

साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधा समेत प्राप्त गर्नेछन् । सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्नेछ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.