अन्तरदेशीय क्युआर पेमेन्ट गर्ने पहिलो विकास बैंकमा ‘महालक्ष्मी विकास बैंक’

काठमाडौं । अन्तरदेशीय क्युआर पेमेन्ट गर्ने विकास बैंकमा ‘महालक्ष्मी विकास बैंक’ पहिलो बनेको छ । सो सम्बन्धमा यस बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच सम्झौता भएको छ ।

अलिपे प्लसद्धारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एकमात्र पहिलो विकास बैंक बनेको छ ।

समझदारी अन्तर्गत चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिफिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली जस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकले अलिपे प्लस नेटर्वकमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यमको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्युआरमा सहज रुपमा क्युआर पेमेन्ट गर्न सक्नेछन् ।

यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पु¥याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस अभियानले टेवा पुग्ने बैंकले जनाएको छ ।

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमको नविनतम प्रयोगप्रति बैंक सँधै प्रतिबद्ध रहेको छ । नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै यस बैंकले नेपाली जनताको घरदैलोमा विगत तीन दशक देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

 

You might also like

Comments are closed.