नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ११ अङ्कले घटेर २ हजार ७०२ दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो १ दशमलव ८५ प्रतिशतको गिरावट हो ।

आज ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर १ लाख ५ हजार ८२७ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ३ दशमलव १७ र जलविद्युत् समूह ३ दशमलव ०७ प्रतिशतले घटेको छ ।

बैंकिङ १ दशमलव ११, विकास बैंक २ दशमलव २९, वित्त २ दशमलव ३१, लगानी २ दशमलव ०८, जीवन बीमा १ दशमलव ९४ र उत्पादन तथा प्रशोधन १ दशमलव ४८ प्रतिशतले घटेको छ ।

लघुवित्त समूह १ दशमलव ५०, म्युचुअल फन्ड ० दशमलव १५, निर्जीवन बीमा १ दशमलव ६९, व्यापार २ दशमलव २१ र अन्य समूह १ दशमलव ५८ प्रतिशतले घटेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा ङादी ग्रुप पावर लिमिटेडको ९ दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा उच्च देखिएको छ । आज यो कम्पनीको रु ४६ करोड ६८ लाख ९९ हजार ८०५ बराबरको ८ लाख ८८ हजार ३१९ कित्ता शेयर किनबेच भएको छ ।

You might also like

Comments are closed.