एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर अल–इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स हस्तान्तरण

काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स डेलिभरि तथा हस्तान्तरण गरेको छ ।

एलिजा गौतम नेपाली चलचित्र निर्माता, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनका प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानका लागि परिचित व्यक्तित्व हुन् । ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबिटि मोटर्समा एक कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो । एसपिजि अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल तथा एबिटि मोटर्सका प्रबन्ध निर्देशक सचिनकुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र ऋषि धमलालाई हस्तान्तरण गरिएको हो ।

जेइको जेसिक्स नेपालकै पहिलो अफ–रोडर इलेक्ट्रिक एसयुभि हो । जसले साहसिक यात्रा गर्न चाहनेका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटि सोलुसन प्रदान गर्दछ । जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउन्ड क्लियरेन्स र स्पोर्टि डिजाइनले गर्दा अन्य प्रतिद्वन्दी एसयुभिभन्दा छुट्टै स्तरमा रहेको छ । यसका अलावा, जेसिक्समा रहेको ४०० किमिको डब्लुएलटिपि रेन्ज, ६५.६९ किलोवाटआवरको ब्याट्रि क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफ–रोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ ।

ओमोडा एन्ड जेइको उच्च गुणस्तरको अत्याधुनिक र परिष्कृत सुविधाका साथ नेपालमा दिगो मोबिलिटि सोलुसन प्रवद्र्धन गर्न प्रतिबद्ध छ । जेइको जेसिक्ससँगै ओमोडा एन्ड जेइकोको प्रिमियम र लामो–रेन्जको इलेक्ट्रिक एसयुभिको लाइनअपमा थपिएको नयाँ एसयुभि हो । नेपाली बजारमा गत फेब्रुअरि २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिनाभित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडीहरू डेलिभर गरिसकेको छ र ब्रान्डका गाडीहरू डिलर नेटवर्कमार्फत देशभर उपलब्ध रहेको छ ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमाः
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड, ओमोडा एन्ड जेइको अटोमोबाइल लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो । विस्तृत जानकारीका लागि एसपिजि अटोमोबाइलाई सम्पर्क गरेर यस बारेमा जानकारी लिन सकिने कम्पनीले बताएको छ । ओमोडाको बारेमा थप जानकारीका लागि आधिकारिक वेबसाइट www.omodanepal.com भिजिट गर्न सकिन्छ ।

You might also like

Comments are closed.