नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर २ हजार ७१६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक १ दशमलव २४ प्रतिशतले बढेको हो ।

३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर ७५ हजार ५७२ पटक खरिदबिक्री हुँदा रू ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ १ दशमलव २०, विकास बैंक ० दशमलव ४९, वित्त समूह १ दशमलव ५१, होटल तथा पर्यटन ० दशमलव ६४, जलविद्युत् १ दशमलव ९७ र लगानी समूह १ दशमलव १३ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा १ दशमलव ०२, उत्पादन तथा प्रशोधन १ दशमलव ०८, लघुवित्त ० दशमलव ८५, म्युचुअल फन्ड ० दशमलव २३, निर्जीवन बीमा ० दशमलव ८१, व्यापार १ दशमलव २९ र अन्य समूह १ दशमलव ६८ प्रतिशतले बढेको छ ।

सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, युनाईटेड आईडिआई मर्दी हाईड्रोपावर लिमिटेड र कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रू ४५ करोड ७८ लाख बराबरको कारोबार भएको छ । खरिदबिक्री भएका शेयरका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ६ लाख ८८ हजार २३६ कित्ता शेयर किनबेच भएको छ ।

You might also like

Comments are closed.