लक्ष्मी लघुवित्त १५औं वर्षमा प्रवेश

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. स्थापनाको १५औं वर्षमा प्रवेश गरेको छ । लक्ष्मी सनराइज बैंक लि.को. सहायक कम्पनीका रुपमा स्थापित यो संस्था आज शुक्रबारबाट १४ वर्ष पुरा भइ १५ वर्ष प्रवेश गरेको हो ।

वार्षिकोत्सवको अवसरमा संस्थाले सम्पूर्णप्रति आभार व्यक्त गरेको छ ।

‘हामीप्रति विश्वास र सद्भाव राख्नु हुने सम्पूर्ण ग्राहक महानुभावहरुलाई धन्यवाद ब्यक्त गर्दछौं । साथै, यस अवधिमा हामीलाई निरन्तर सल्लाह, सहयोग, सुझाव एवं मार्गदर्शन प्रदान गर्ने नियमनकारी निकायहरु, शेयर धनी महानुभावहरु, प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्ने शुभेच्छुक संघ संस्थाहरु, पत्रकार महानुभावहरु, मातृ संस्था लक्ष्मी सनराइज बैंक लिमिटेड एवं अन्य सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको सहयोगको अपेक्षा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

समयसंगै प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहक सेवालाई अझ सरल र गुणस्तरीय बनाई गरिबी न्यूनीकरण र वित्तीय पहुंच अभिवृद्धिमा टेवा पु–याउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

कपनमार्ग, महाराजगञ्ज काठमाडौंमा कम्पनीको केन्द्रीय कार्यालय छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.