प्रतिभा माविमा शुक्रवार किताबरहित कार्यक्रम सुरु

पोखरा । प्रतिभा माध्यमिक विद्यालयले किताबरहित शुक्रवार कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक तथा सिर्जनशीलता अभ्यास गराउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित यस विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थीलाई हप्तामा एक दिन किताबरहित शिक्षा सञ्चालन गर्न लागिएको हो ।

हरेक शुक्रवार जीवन उपयोगी शैक्षिक कार्यक्रमलाई अघि बढाउने विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । जीवन उपयोगी सीपको आधारमा दिइने शिक्षाले बालबालिकाको सिर्जनशीलतामा बृद्धि हुने अपेक्षा राखिएको छ । ‘शिक्षासँग सीप र सिर्जना’ प्रदान गर्ने भएपछि विद्यार्थीहरू शुक्रवार किताब बोकेर विद्यालय जान नपर्ने सापकोटा बताउँछन् ।

विद्यार्थी किताबी अध्ययनबाट मात्र व्यवहारिक नबन्ने भन्दै एक दिन किताब बाहिरका विषयवस्तुका बारेमा जानकारी दिने, विभिन्न परियोजनात्मक काममा लगाउने, उनीहरूलाई विविध प्रतियोगितात्मक कार्यक्रमहरू खेलकुद, कला, सङ्गित र साहित्य लगायतका अतिरिक्त कार्यकलाप गराउने, विभिन्न स्थानको अवलोकन गराउने जस्ता कार्यक्रम रहेको विद्यालयका सह –प्राचार्य प्रदीप खनालले बताए ।

कक्षा ४ का विनिसा केसीले कक्षाकोठामा बसेर शिक्षकले घोकाएर कक्षाकार्य गराउने गरेकोमा आज यसरी आफ्ना साथीसँग बसेर साथीका मनका कुरा सुन्न पाउँदा आफू असाध्यै खुसी भएको बताइन् । शुक्रवारकोे कार्यक्रममा विद्याथीहरू पाठ्यपुस्तक विना सांस्कृतिक पोसाकमा विद्यालयमा आएर आफ्ना विविध प्रतिभाहरू प्रस्तुत गरेका छन् । कक्षा ४ मा अध्ययनरत छात्रा अस्मिता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सह–प्राचार्य प्रदीप खनालले कार्यक्रममाथि प्रकाश पार्दै आफ्नो कार्यपत्रसमेत प्रस्तुत गरेका हुन् ।

कार्यक्रम कक्षा ४ का आकृति भण्डारी, दिग्गोस कार्की, फिनिक्स सुवेदी, स्मारिका सुवेदी र बन्दना बल्कोटीले सञ्चालन गरेका हुन् । स्मारिका सुवेदीले ‘प्राचार्यसँग मनका कुरा’ समेत चलाएकी विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.