हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाईट’ : आकर्षक छुट तथा विभिन्न लाभको विशेष उत्सव

काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिसेम्बर ९, २०२४ देखि ‘डिसेम्बर डिलाईट’ अभियान सुरु गरेको छ । डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकले विभिन्न आकर्षक छुट तथा विशेष लाभको फाइदा लिन सक्नेछन् ।

‘डिसेम्बर डिलाईट’ अन्तर्गत ग्राहकले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै यस अभियानमा शून्य लागत स्वामित्व एबिल रहेको छ । जसमा ग्राहकले आफुलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् ।

साथै ३ वर्षको निःशुल्क चेक–अप, गाडी मर्मत सामाग्री तथा विभिन्न कुपन धुनुहोस् र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ । हुन्डाई नेपालले ग्राहकको अनुभवलाई विश्वसनिय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो ।

देशभरका सो–रुममा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकलाई अनुरोध गरिएको छ । यही शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर र थापाथाली सोरुममा पर्व विशेष कार्यक्रमको पनि आयोजना हुँदैछ ।

lcci
You might also like

Comments are closed.