काठमाडौं । यस साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर २ हजार ६७६ दशमलव १५ को विन्दुमा कायम भएको हो ।
आज ३१७ कम्पनीको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर ६२ हजार ७५८ पटक खरिदबिक्री हुँदा रू ५अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह ० दशमलव १५, लगानी ० दशमलव ७६, उत्पादन तथा प्रशोधन १ दशमलव ०६, म्युचुअल फन्ड ० दशमलव १४ र अन्य समूह ० दशमलव ११ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ० दशमलव ४६, विकास बैंक ० दशमलव ६८, होटल तथा पर्यटन ० दशमलव ८३, जलविद्युत् ० दशमलव ५४ र जीवन बिमा समूह १ दशमलव ६७ प्रतिशतले घटेको छ ।
यसैगरी, लघुवित्त समूह ० दशमलव ६१, निर्जीवन बिमा समूह १ दशमलव १६ र व्यापार समूह १ दशमलव ३० प्रतिशतले घटेको छ । इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ८ दशमलव ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार भएको रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ३५ करोड २७ लाख २० हजार ४४९ बराबरको कारोबार भएको छ । शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आरबिबी म्युचुअल फन्ड–को ५ लाख १७ हजार ४ सय कित्ता शेयर किनबेच भएको छ ।
Comments are closed.