टाटा म्याजिक बिएससिक्स नेपालमा पहिलो पटक सार्वजनिक

नेपालगञ्ज । सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बिएससिक्स आज नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ ।

कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निम बा. चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रालिका महासचिव कृष्णप्रसाद सुवेदी, शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्री र गो कर्णाली यातायात प्रालिका अध्यक्ष पदम थापा लगायतले आफ्ना धारणा राखेका छन् ।

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बिएसटु संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि बिएसथ्रि, बिएसफोर हुँदै आज बिएससिक्स संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ । हालसम्म ४ हजार भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन् ।

टाटा म्याजिक बिएससिक्सका प्रमुख विशेषताहरु
इन्जिनः ६९४ सीसी पेट्रोल इन्जिन
शक्तिः ३० ज्ए
टर्कः ५५ एनएम
गियरबक्सः ५ स्पीड गियर
पाङ्ग्राः १३ इन्च टायर

डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि ईसिओ स्विच, एबिएस र सबै पाङ्ग्रामा एन्टी–रोलबार, चालक र यात्रुको सहजताका लागि विशेष डिजाइन जस्ता सुबिधाहरु रहेको छ । सिप्रदी ट्रेडिङ्ग प्रालिका एजिएम सेल्स कमर्सियल भेहिकल्स बिजनेस युनिटका कृष्ण चन्दले नेपालगञ्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बिएससिक्स उत्कृष्ट यातायात समाधान रहेको बताए ।

“यस गाडीले यात्रुको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ, सिप्रदीले आफ्ना ग्राहकलाई नेपालगञ्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ, ग्राहकको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौं” उनले भने ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका कमर्सियल भेहिकल्स बिजनेस युनिटका प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले टाटा म्याजिक बिएससिक्सले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउने बताए । यसको प्रविधि, आराम र सुरक्षा यात्रुको अनुभवलाई स्तरीय बनाउने, यो गाडी विशेषगरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको उनले बताएका छन् ।

सिप्रदी ट्रेडिङ्ग प्रालि, नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरकले नेपाली यातायात क्षेत्रलाई टाटा म्याजिक बिएससिक्स जस्ता अत्याधुनिक गाडी उपलब्ध गराउँदै ग्राहकको भरोसा जित्न सफल भएको छ ।

 

lcci
You might also like

Comments are closed.