काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९ दशमलव ६७ बिन्दुमा कायम भएको हो ।
आज ३०१ कम्पनीको ८० लाख ८१ हजार ६३१ कित्ता शेयर ४६ हजार ६१४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ मा खुम्चिएको छ । सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा बढी वित्त समूह ३ दशमलव ६० र विकास बैंक समूह १ दशमलव ६० प्रतिशतले घटेको छ । बैंकिङ ० दशमलव ८६, होटल तथा पर्यटन ० दशमलव ७७, जलविद्युत् १ दशमलव ४४, लगानी ० दशमलव ३९ र जीवन बिमा समूह ० दशमलव १२ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन एक दशमलव ३६, लघुवित्त ० दशमलव ८७, म्युचुअल फण्ड ० दशमलव ४२, निर्जीवन बिमा ० दशमलव ७३, व्यापार ० दशमलव १० र अन्य समूह ० दशमलव ६० प्रतिशतले घटेको छ । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रू २० करोड ४१ लाख ५३ हजार ८७२ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको ६ लाख ३६ हजार ८०४ कित्ता शेयर किनबेच भएको छ ।
Comments are closed.