नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको द सोल्टी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड, २०२५ सम्पन्न भएको छ । सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मान गरिएको छ ।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक शक्तिकुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख अतिथि तथा कम्पनीका सञ्चालक अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्तालाई बधाई दिए ।

कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले स्वागत गर्दै सम्मानित सबैलाई बधाई दिएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरेका छन् ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले एमडीआरटी क्वालिफायरलाई सिओटी बन्न र सिओटीलाई टिओटी बन्न शुभकामना दिएका छन् ।माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै सिओटी बन्न सफल भएको जनाए ।

lcci
You might also like

Comments are closed.