महालक्ष्मी विकास बैंकको सहयोगमा कालीदेवी प्राविका विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको मकवानपुरस्थित पालुङ शाखाले थाहा नगरपालिका–११, देउरालीमा रहेको कालीदेवी प्राथमिक विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीलाई एक/एक थान जाडोको न्यानो कपडा ज्याकेट वितरण गरिएको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रम गर्दै आएको छ ।

साथै सर्वोदय परियोजना नामक गैह« सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहिन कलाकारको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रवद्र्धन गर्न आयोजित ‘अदृश्य मोतीहरु’ नामक कार्यक्रम सञ्चालन गर्नको निमिक्त बैंकले आर्थिक सहयोग गरेको छ ।

यस कार्यबाट अपाङ्गता भएका व्यक्तिको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन र समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

lcci
You might also like

Comments are closed.