उपकार साकोसको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं–६ मा स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १६औं वार्षिकोत्सव ज्येष्ठ नागरिकलाई सहयोग गरी मनाएको छ । सहकारीले पोखरा महानगरपालिका वडा नं–६मा स्थित शुभकामना जेष्ठ नागरिक पार्कलाई १ लाख रुपैयाँ बराबरको भान्सामा प्रयोग गरिने किचन सामाग्री वितरण गरेको छ ।

सो सामाग्री संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले ज्येष्ठ नागरिक पार्क परिवारलाई सोमबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका हुन् । अध्यक्ष पहारीले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरू गरेको स्मरण गर्दै ज्येष्ठ नागरिकको हकहित संरक्षण गरी उनीहरूलाई समाजमा उचित र यथोचित ढङ्गले सम्मान दिनु आवश्यक रहेको बताए ।

पोखरा महानगरपालिका वडा नं–६ वडा सदस्य बासुदेव बरालले ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा, सुविधा प्रदान गर्न वडा कार्यालय लागिपरेको सुनाए । उनले अधिकारको संरक्षण र सम्वद्र्धन गरी उनीहरूमा भएको अनुभव, सीप, ज्ञान र क्षमतालाई विकासको राष्ट्रिय मूल प्रवाहमा समाहित गदै योजनावद्ध ढङ्गले लाग्न सरकारलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नागरिक समाजका कास्की पूर्व संयोजक विष्णुहरी अधिकारी, सहकारीका उपाध्यक्ष सुन्दरराज पहारी, सचिव कुष्णकुमारी पौडेल, ज्येष्ठ नागरिक सदस्य लोकराज पहारी र पार्क उपाध्यक्ष कुन्ता अधिकारी लगायतले ज्येष्ठ नागरिकले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा ह्रास हाउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

ज्येष्ठ नागरिक पार्क परिवारले संस्थालाई माया गरेर आज यहाँसम्म पु¥याउनु हुने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगी हातहरू लिएर आउन आग्रह गरेका छन् ।

lcci
You might also like

Comments are closed.