नाइस २०२५ः पोखरालाई अन्तर्राष्ट्रिय माइस टुरिजम हब बनाउने अभियान

सुनिलबहादुर भट्टराई, कार्यक्रम संयोजक, नाइस पोखरा

पाटा नेपालले पर्यटकीय राजधानी पोखरामा ‘नेपाल, इन्डिया, चाइना एक्स्पो (नाइस) २०२५ गर्दैछ । आज सुरु हुने एक्स्पो ३ दिनसम्म चल्नेछ । यसै सन्दभैमा पाटाका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक सुनिलबहादुर भट्टराईसँग गरिएको कुराकानीः

नाइस २०२५ को प्रमुख उद्देश्य के हो ?

नाइस एक्स्पो २०२५ को मुख्य उद्देश्य पोखराको पर्यटन प्रवर्द्धन गर्नु र ‘भिजिट पोखरा २०२५’ सफल बनाउन योगदान पु¥याउनु हो । हामी ‘नाइस फर माइस’ नाराका साथ अघि बढिरहेका छौं, जसले विशेष रूपमा माइस (मिटिङ, इन्सेटिभ्स, कन्फरेन्स र एक्जिबिसन)लाई प्राथमिकता दिएको छ ।

पोखरालाई माइस टुरिजमको लागि उपयुक्त गन्तव्य बनाउन के पहलहरू गरिँदैछ ?

पोखरा साहसिक पर्यटनको प्रमुख केन्द्र हो । यहाँ विश्वप्रसिद्ध ट्रेकिङ रुटहरू छन् । पोखरामा नेपाली तथा विदेशी संघ–संस्था तथा कर्पोरेट सेक्टरका मिटिङ, कन्फरेन्स तथा इन्सेटिभ कार्यक्रमहरू आयोजना गर्न सकिन्छ । भारत, चीन लगायतका देशमा ठूला कम्पनीका कर्मचारीहरूलाई इन्सेटिभ प्याकेजको रूपमा पोखरा आकर्षक गन्तव्य बन्नसक्छ । माइस पोखरामा करिब ५०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ, जसमा टुर अपरेटरहरूको पनि विशेष भूमिका रहनेछ । पोखराको पर्यटन विकासमा अब उहाँहरुको पनि योगदान रहने विश्वास गर्न सकिन्छ ।

यहाँको पर्यटनमा नाइस २०२५ ले कसरी योगदान गर्न सक्छ ?

यसअघि हामीले अन्य मुलुकहरूमा गएर प्रमोशन गरेका थियौं, तर अहिले पोखरामै टुर अपरेटरहरूलाई निम्त्याएका छौं । उनीहरूले पोखरामा रहेका होटल, सेवासुविधा लगायतका विषय आफैं अनुभव गर्ने अवसर पाउनेछन् । पहिले फोटो र भिडियोबाट मात्र जानकारी लिनुपर्ने अवस्था थियो, तर अब प्रत्यक्ष अनुभव गरेर उनीहरूले उपयुक्त टुर प्याकेजहरू बनाउन सक्नेछन् । यसले दीर्घकालीन रूपमा पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न मद्दत गर्नेछ।

नाइस २०२५ मा सहभागी हुन इच्छुक पर्यटन व्यवसायी तथा सरोकारवालाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

नाइस २०२५ केवल सम्मेलन मात्र होइन, यो नेपालका पर्यटन व्यवसायी, लगानीकर्ता र नवप्रवर्तनकर्ताहरूको लागि एउटा अन्तर्राष्ट्रिय मञ्च हो । यस अवसरलाई सदुपयोग गर्दै नेपाललाई एक दिगो र नवीनतम गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले योगदान दिनुपर्छ । म सबै सरोकारवालाहरूलाई यस ऐतिहासिक यात्रामा सहभागी हुन आमन्त्रण गर्दछु ।

You might also like

Comments are closed.