रामपुर (पाल्पा) । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा विशाल श्रेष्ठ ‘अशोक’ नियुक्त भएका छन् । यसभन्दा अघि विद्यालय व्यवस्थापन समिति सदस्य पदमा रहेका श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
विद्यालयको शैक्षिक गुणस्तर विकास, नयाँ प्रविधिसहितको शिक्षा, पूर्वाधार विकास लगायत समग्र रामतुलसीको हितमा रहेर काम गर्ने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताएका छन् । रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड बजारमा व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले यहाँको सामाजिक, राजनैतिक तथा शैक्षिक लगायत विभिन्न संघ संस्थामा सक्रिय भएर काम गरिरहेका छन् ।
रामतुलसी नमुना मावि पाल्पा जिल्लाकै धेरै विद्यार्थी संख्या भएको विद्यालय हो । विद्यालय व्यवस्थापन समिति अध्यक्षमा युवाको नेतृत्वले समग्रमा शैक्षिक क्षेत्रको विकास हुनेमा आशा लिइएको छ ।
Comments are closed.