कास्की । कंडेल समाज नेपाल कास्कीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष बद्री कंडेलको अध्यक्षतामा भएको अधिवेशनका प्रमुख अतिथि पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढाकानाथ कंडेलको रहेका हुन् । वडाध्यक्ष कंडेलले संगठित रुपमा समाज अघि बढेकोमा धन्यवाद दिदै अझ सफलताको शुभकामना दिएका छन् ।
कार्यक्रममा माधवप्रसाद कंडेल, डा. भानु कंडेल, भारद्वाज आश्रम गैँडाकोटका उपाध्यक्ष काशिनाथ कंडेल, संरक्षक रमाकान्त कंडेल, चन्द्रप्रसाद कंडेल, श्रीप्रसाद कंडेल लगायतले आफ्ना भनाइ राखेका छन् । शुक्रराज कंडेलको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव वीरभद्र कँडेलले गरेका हुन् ।
अधिवेशनले शुक्रराज कंडेलको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा माधवप्रसाद कंडेल, सचिवमा अनन्त कंडेल, कोषाध्यक्षमा निरा कंडेल, सदस्यहरुमा डा. भानुकंडेल, पूर्ण कंडेल, खिमलाल कंडेल, टिकाराम कंडेल र फणिन्द्र कंडेल लगायत रहेका छन् ।
Comments are closed.