नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा धमला

काठमाडौं । नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको प्रथम अधिवेशन सम्पन भएको छ । कार्यक्रममा नेक्स मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

उपाध्यक्षमा सुशीला थापा, सचिव डेभिल सिंह राजपुत, कोषाध्यक्ष नितु श्रेष्ठ, सहसचिव कृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा विशाल पासवान चयन गरिएको छ भने सदस्यहरुमा भरत समारी, अमिसा वली, समसाद शाह, छिरिङ सेर्पा र रवि लामा तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

प्रमुख अतिथि सस्थापक अध्यक्ष नेपलिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले सबै कार्यक्रम आयोजकको हकहितको लागि सधै आवाज उठाउदैं संस्थालाई अगाडी बढाउनुका साथै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

नेपालभर विभिन्न कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्नेलाई एकताबद्ध गर्ने र भोलीका दिनमा कार्यक्रम आयोजकको हकहितको लागि आफ्नो काम गर्ने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष धमालाले बताएका छन् ।

You might also like

Comments are closed.