काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख सहयोग

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले काठमाडौं बाल स्वास्थ्य संस्थान लाई रु ३ लाख आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत कम्पनीका अध्यक्ष हेमराज ढकालले संस्थानका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको काठमाडौं बाल स्वास्थ्य संस्थानले काठमाडौंको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले काठमाडौं बाल स्वास्थ्य संस्थानका व्यवस्थापन समूहलाई धन्यवाद दिँदै स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । सो अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी लगायत सहभागी थिए ।

 

 

 

 

You might also like

Comments are closed.