काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थालाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ ।
यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनामा मात्र प्रयोग गरिनेछ । खाताबाट ग्राहकले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणमा समेत विशेष छुटहरू पाउन सक्नेछन् ।
एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सकिनेछ । एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शुन्य प्रदुषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध छ ।
सो खातामार्फत आफ्नो प्रतिबद्धता जनाइसक्नेछन् । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.