काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकोे आइपिओको बाँडफाँड मंगलवार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर १ सय अंकित दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयरका लागि गत फागुन २२ देखि २६ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
सो अवधिभिर सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत कुल १९ लाख ६५ हजार ८११ आवेदकबाट २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको हो । सोमध्ये १० हजार १२६ आवेदकबाट १ लाख ५४ हजार ८८० कित्ता शेयरका लागि रितपूर्वक आवेदन नरहेकाले सो आवेदनहरु रद्द गरी जम्मा १९ लाख ५५ हजार ६८५ आवेदकलाई गोलाप्रथामार्फत मंगलवार शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको कुल २२ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता साधारण शेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता साधारण शेयर सामुहिक लगानी कोषलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको १८ लाख ४५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
Comments are closed.