wada auto show

पोखरामा पहिलो पटक ‘अटो शो’ आयोजना हुँदा हामीहरु उत्साहित छौंः महासचिव थापा

विनय थापा, महासचिव, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले पोखरामा पहिलो संस्करणको ‘वाडा अटो शो २०२५’ आयोजना गरेको छ । चैत १४ देखि १७ सम्म चल्ने अटो शो सफल बनाउन आयोजकले यतिबेला प्रचारप्रसार लगायत अन्य तयारीलाई तिव्र बनाएका छन् । यसैक्रममा वाडाका महासचिव तथा प्रचारप्रसार संयोजक विनय थापासँग गरिएको संक्षिप्त कुराकानीः

वाडा अटो शोको तयारी कस्तो छ ?

हामीले पोखरामा ‘वाडा अटो शो २०२५’ आयोजना गरेका छौं । पोखरामा आयोजित पहिलो संस्करणको अटो शो सफल बनाउन हामीहरुले तिव्र तयारी गरिरहेका छौं । स्टल बुकिङ सकेर प्रचारप्रसार लगायत अन्य तयारी तिव्र बनाएका छौं । स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब हामी उद्घाटनको तयारीमा छौं ।

पोखरा अटो शो आयोजना भइरहँदा यो शोलाई कसरी लिनुभएको छ ?

पोखरामा पहिलो पटक अटो शो आयोजना गर्न पाउँदा हामीहरु निकै उत्साहित छौं । पोखरा पर्यटनको राजधानी पनि हो । यहाँका जनतामा अटोमोबाइलप्रति धेरै चासो पनि छ । अटो शो आयोजना हुँदा एकै ठाउँमा धेरै ब्राण्डलाई नजिकबाट नियाल्ने अवसर प्राप्त हुन्छ । अटो शोको तयारी भइरहँदा सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । आशा छ दर्शकको उपस्थिति पनि राम्रो र उत्साहजनक रहनेछ ।

अटो शोमा ब्राण्डहरुको आकर्षण कस्तो रह्यो ?

वाडा अटो शोको स्टल बुकिङ सुरु भएको छोटो समयमा नै सम्पूर्ण स्टलहरु बुकिङ भएका छन् । यो हाम्रो लागि राम्रो पक्ष हो । नेपालमा चलेका प्राय सबै ब्राण्डको सहभागिता देखिएको छ । चारपाँग्रे सवारीका मात्रै २० भन्दा बढी ब्राण्डको उपस्थिति रहनेछ । २ पाँग्रेसहित कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था, इन्स्युरेन्स लगायत धेरै क्षेत्रलाई समेटेका छौं ।

अटो शोबाट पोखराले लाभ लिन सक्छ ?

अवश्य पनि सक्छ । वाडा अटो शो २०२५ ले पोखराको अर्थतन्त्र र पर्यटनका लागि ठूलो मद्दत गर्नेछ । पोखरामा मात्र होइन, गण्डकी प्रदेश र नेपालकै आर्थिक गतिविधि बढाउन योगदान पुग्नेछ । हामी विश्वास गर्छौं कि अटो शोले यहाँको होटल र यातायात क्षेत्रमा पनि सकारात्मक योगदान गर्नेछ । यो कार्यक्रम पोखरालाई अटोमोबाइल उद्योगको एक प्रमुख केन्द्रको रूपमा स्थापित गर्ने सम्भावना राख्दछ ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामीले पोखरामा अटो शो आयोजना गरिरहँदा यहाँका जनताबाट प्राप्त साथ र सहयोगका लागि आभार व्यक्त गर्दछौं । यो वर्षको कार्यक्रम सफल हुनेमा ढुक्क छौं । अटोमोबाइल व्यवसायीमा पनि उत्साह देखिएको छ । हामीहरु यो उत्साहलाई कायम राख्दै आगामी वर्षहरुमा पनि अटो शोलाई निरन्तरता दिने अभियानमा लाग्नेछौं । चैत १४ देखि १७ गतेसम्म पोखराको अमरसिंहचौरमा हुने पहिलो अटो शोको प्रत्यक्ष अवलोकन गरिदिनुहुन म सबैमा निमन्त्रणा गर्दछु । खल्ती एपबाट टिकट खरिद गर्न सकिने समेत जानकारी गराउँदछु ।

You might also like

Comments are closed.