काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १७ सयले सेवा लिएका छन् । १८औं बार्षिकोत्सवको अवसरमा गत चैत २ देखि बैशाख ५ गतेसम्म ७ वटै प्रदेशमा शिविर आयोजना गरिएको हो ।
कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपुर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा शिविर सञ्चालन भएको बैंकले जनाएको छ ।
साथै बैंकले वार्षिकोत्सवको अवसरमा भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ बसेका व्यक्तिलाई १८ दिनसम्म भोजनको व्यवस्था गरेको छ । काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन नागरिकलाई भोजनको व्यवस्था गरिएको हो । बैंकले यही बैशाख ७ गते १८ औँ वार्षिकोत्सव मनाउँदैछ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमको साथमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने योजना रहेको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त साथै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ ।
नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २ सय शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख ७९ हजार ग्राहकमाझ सेवा प्रवाह भइरहेको छ ।
Comments are closed.